तपाईँ सुन्दै हुनुहुन्छः

पेरिसमा हुने पारा ओलम्पिकका लागि पलेशा गोवर्द्धन छनोट

काठमाडौँ । फ्रान्सको पेरिसमा हुने पारा ओलम्पिकमा पलेशा गोवर्द्धन छनोट भएकी छिन् ।

चीनमा भएको छनोट प्रतियोगितामा स्वर्ण जित्दै पलेशा पारा ओलम्पिकमा छनोट भएकी हुन् । चीनमा भएको एसियन छनोटमा तेक्वान्दोकी पलेशाले महिला ५७ केजीमा स्वर्ण जितेकी हुन् ।

पलेशा प्यारालिम्पिक्समा प्रतिस्पर्धाबाट छनोट हुने पहिलो नेपाली खेलाडी पनि बनेकी छिन् । नेपाली खेलकुदमा दीपक विष्ट र सङ्गीता वैद्यले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा पुगेका छन् । ओलम्पिकका बाँकी संस्करणमा नेपाल वाइल्ड कार्डबाट मात्र ओलम्पिकमा सहभागिता जनाउने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button