तपाईँ सुन्दै हुनुहुन्छः

टिप टेलरको ठक्करबाट एक जनाको मृत्यु

चितवन । चितवनमा टिप टेलरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रबार राती खैरहनीको मगनी चोकमा ०३–००१ ख २०४३ नम्बरको टिप टेलरले पहिचान नखुलेका अन्दाजी ३५ वर्षीय एक व्यक्तिलाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको हो । ठक्कर दिई फरार भएको टिप टेलर र चालक मकवानपुर हेटौँडा बस्ने वर्ष ३२ का नारायण सुनामलाई प्रहरीले लोथरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button