तपाईँ सुन्दै हुनुहुन्छः

‘उपभोक्ताको अधिकार संरक्षणमा स्पष्ट धारणा बनाई काम अगाडि बढाइने’

काठमाडौँ । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले स्पष्ट रणनीति र योजना तर्जुमा गरी बजार व्यवस्थित गर्न मन्त्रालय लागि पर्ने बताउनुभएको छ ।

उद्योग मन्त्रालयमा आज आयोजित अन्तरक्रियामा मन्त्री भण्डारीले तीनै तहको सरकारको समन्वयमा बजार व्यवस्थापन, नीजि क्षेत्रको हित र उपभोक्ताको अधिकार संरक्षणमा स्पष्ट धारणा बनाई काम अगाडि बढाइने बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले गुणस्तरहीन कच्चा पदार्थ र खाद्यान्नहरू पनि आयात भएको भन्ने जनगुनासो आएकाले मन्त्रालयले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

समितिका सभापति खानले नीजि क्षेत्रलाई जनता र उपभोक्ताको हितमा ध्यान दिन समेत अनुरोध गर्नुभयो । 

कार्यक्रममा नीजि क्षेत्र र उपभोक्ता अधिकारकर्मीका प्रतिनिधिहरूले नागरिकको हक हितमा सबै पक्ष जिम्मेवार हुन सके देखिएका समस्या समाधान हुने धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button