तपाईँ सुन्दै हुनुहुन्छः

जनताको जनजीविकासँग जोडिएका विषयलाई बजेटको प्राथमिकतामा राख्न सांसदहरूको जोड

काठमाडौँ । जनताको जनजीविकासँग जोडिएका विषयलाई बजेटको प्राथमिकतामा राख्नुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।

राष्ट्रियसभा, आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि भइरहेको छलफलमा सांसदहरुले जनतासँग प्रत्यक्ष जोडिएका शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि लगायतका क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्नेमा जोड दिनुभयो ।

सांसदहरुले महत्वकाङ्क्षी आयोजना नभई कार्यान्वयनयोग्य आयोजनालाई  प्रथामिकतामा राख्नुपर्ने, लगानी प्रवर्द्धन, स्वदेशमै रोजगारी सिर्जना गर्ने खालका विषयहरू बजेटको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो ।

सांसदहरुले मिटर व्याज र सहकारी पीडित, भूमिहीनको समस्या, बढ्दो महँगी नियन्त्रण जस्ता विषयको दीर्घकालीन समाधान गर्ने ठोस योजना बजेटमा आउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button