तपाईँ सुन्दै हुनुहुन्छः

सुन्तला जात फलफूल जोनमा आबद्ध किसान पुरस्कृत

काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत सुन्तला जात फलफूल जोन कार्यक्रममा आबद्ध भई राम्रो बगैँचा व्यवस्थापन गर्ने किसान पुरस्कृत भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वले कावासोतीमा आज आयोजना गरेको पकेट, ब्लक, जोन विकास कार्यक्रमहरूको प्रगति समीक्षा गोष्ठी एवम् पुरस्कार वितरण कार्यक्रममा २१ जना  कृषक र एउटा कृषि समूहलाई पुरस्कृत गरिएको हो । 

२१ जना कृषकलाई प्रतिव्यक्ति ३ हजार नगद र, सम्मानपत्रले  पुरस्कृत गरिएको छ । भने , कृषक समूहलाई १२ हजार नगद र सम्मानपत्रले पुरस्कृत गरिएको हो । 

जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्मा, उपप्रमुख शकुन्तला लम्साल, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, परियोजना कार्यान्वयन एकाइ नवलपरासी पूर्वका प्रमुख एवम् वरिष्ठ कृषि अधिकृत सुनिलकुमार सिंह, कृषि ज्ञान केन्द्रका प्रमुख कुल प्रसाद तिवारीको सहभागितामा कृषकहरूलाई पुरस्कृत गरिएको हो । 

सुन्तला जात फलफूल बगैँचा व्यवस्थापन अभियानमा प्रदान गरेको सिकाइ अनुसार नै आफ्नो बगैँचा व्यवस्थापन गरेका किसानहरूलाई कार्यालयले सम्मान गरेको परियोजना कार्यान्वयन एकाईका प्रमुख वरिष्ठ कृषि विकास सिंहले बताउनुभयो । 

परम्परागत रुपमा सुन्तला जात फलफूल खेती गर्दै आएका किसानलाई आधुनिकीकरणमा जोड्न प्रेरित गर्नका लागि कार्यालयले किसानलाई पुरस्कृत गर्ने कार्यको थालनी गरेको एकाईका प्रमुख वरिष्ठ कृषि अधिकृत सिंहले बताउनुभयो । यस कार्यबाट अन्य कृषकहरूमा पनि बगैँचा व्यवस्थापन गर्न आकर्षित गर्ने विश्वास लिएको उहाँले बताउनुभयो ।  

पुरस्कृत भएपछि किसानहरुले समेत खुसी व्यक्त गरेका छन् । आफूले पाएको पुरस्कारले कृषि क्षेत्रमा अझै धेरै काम गर्न हौसला मिलेको किसान देवी प्रसाद भुसालले बताउनुभयो । आफ्नै देश र माटोमा बगाएको पसिनाको फल प्राप्त भएको महसुस भएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button