तपाईँ सुन्दै हुनुहुन्छः

सुन प्रकरण: दोषीलाई कारवाही गरिने उपप्रधानमन्त्री लामिछानेको प्रतिबद्धता

काठमाडौँ I सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आयोगको प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयमा आज प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले दोषीलाई कारबाही र सुधारका लागि प्रतिवेदनमा दिइएका सुझाव कार्यान्वयन गरिने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले जुनसुकै खालको कमजोरी गर्ने निकाय र व्यक्तिविरुद्ध कारबाही हुने भन्दै विगतमा उन्मुक्ति दिन सहयोग गर्नेलाई पनि कानून मातहत ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गृहमन्त्री लामिछानेले आफूलाई लागेको कुरा लिखित रूपमा आयोगलाई पठाएको भन्दै सुनको अवैध तस्करी नियन्त्रणमा प्रतिवेदनले सहयोग गर्ने अपेक्षा रहेको पनि बताउनुभयो ।

प्रतिवेदन भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा तयार पारिएको आयोगले जनाएको छ ।

प्रतिवेदनमा मुद्दा चलाउन सिफारिस, विभागीय कारबाही, सीडीआर÷ डीएफएलमा नियमित देखिएका व्यक्तिको सूची र निर्दोष देखिएका व्यक्तिको नामावली समावेश गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button