तपाईँ सुन्दै हुनुहुन्छः

सङ्गीत साधक रसिक र कवि मेन्याङ्बो सम्मानित

काठमाडौँ । सङ्गीत साधक गणेश रसिक र मुन्धुमी कवि तथा सञ्चारकर्मी प्रदीप मेन्याङ्बो सम्मानित हुनुभएको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले आयोजना गरेको कार्यक्रममा उहाँहरूलाई नगदसहित सम्मान गरिएको हो ।

सङ्गीत साधक रसिकलाई रु ५० हजार राशिको प्रतिभा सम्मानबाट तथा मुन्धुमी कवि मेन्याङ्बोलाई रु एक लाख नगद राशिसहित पुरस्कृत गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ कवि बैरागी काइँलाले साहित्यिक क्षेत्रमा दिइने प्रतिभा पुरस्कारले लेख्नका लागि सर्जकलाई थप ऊर्जा दिने बताउनुभयो । उहाँले पुरस्कृत भएका दुवै जनाको उन्नतिको कामना गर्दै समाजको यथार्थलाई साहित्यमार्फत उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ वाङ्मय तथा सङ्गीत साधक रसिकले पुरस्कार योग्य ठानेकामा नेपाली प्रतिभा प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यसैगरी, मुन्धुमी कवि तथा सञ्चारकर्मी मेन्याङ्बोले पुरस्कारले आफूलाई थप प्रेरणा मिलेको र नयाँ ऊर्जाका साथ मुन्धुमी साहित्यका लागि आफू अझै लागिपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button