तपाईँ सुन्दै हुनुहुन्छः

‘संरक्षण अभियानमा युवाहरूको भूमिका सम्मानजनक’

बर्दिया । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संरक्षण अभियानमा युवाहरूको भूमिका सम्मानजनक रहेको बताउनुभएको छ ।

चोरी शिकार नियन्त्रण युवा परिचालन सञ्जाल अभियान दिवसको अवसरमा बर्दियाको बारबर्दिया नगरपालिका ९ सतखलुवामा आयोजित कार्यक्रममा मुख्यमन्त्री शर्माले प्रकृतिका लागि हामी नभएर हाम्रो लागि प्रकृति रहेको बताउँदै प्रकृति र पारिस्थितिक प्रणाली संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । प्रकृति संरक्षणका लागि तिनै तहका सरकारले उचित व्यवस्थापन गर्नुपर्ने उहाँले बताउनुभयो ।

समुदाय र पृथ्वीको अन्तरसंयोज, वन्यजन्तुको संरक्षणमा प्रविधिको प्रयोग भन्ने मूल नारासहित यस वर्षको अभियान दिवस मनाइएको छ ।

चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका अध्यक्ष हेमन्त आचार्यले दिवसको अवसरमा संरक्षणलाई दिगो व्यवस्थापन गर्नमा मदत पुग्ने आशा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button