तपाईँ सुन्दै हुनुहुन्छः

सुन्दर माईजोगमाई ( फोटो फिचर )

पाँचथर । पुर्वी नेपालको पर्यटकीय गन्तव्य इलाम जिल्लाको मार्यजोगमाई गाउँपालिका प्रकृतिले सजिएको छ । यस गाउँपालिकामा प्रचुर मात्रामा पर्यटकीय गन्तव्यहरू रहेका छन् । वडा नं. २ मा पुरानो बौद्ध मूर्ति भएको मेघ्मा गुम्बा अवस्थित छ । 

यो गुम्बा एशियाकै दोस्रो पुरानो भएको गाउँपालिका अध्यक्ष कुश बहादुर थेबेले दाबी गर्नुभयो । गाउँपालिकाका विभिन्न ठाउँका ठुला ठुला ढुङ्गमा वर्षौँ अघि बौद्ध लिपिका अक्षरहरू कुँदिएका छन् । त्यस अक्षरलाई रङरोकन गरेर संरक्षण गर्ने काम गरिएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताउनुभयो  । 

 ६ वटा वडा भएको यस पालिका भारतसँग सिमाना जोडिएको छ । वडा नं. २ स्थित टङलुबाट कञ्चनजंघा, कुम्भकर्ण, गणेश, सगरमाथा लगायतका हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ । हिमाल हेर्न नेपाल र भारतका पर्यटकहरू आउने गर्छन् । यस गाउँपालिकामा ऐतिहासिक तथा पर्यटकीय महत्वको रुपमा रहेको समाजसेवी सन्त बालागुरु कर्मभूमि नयाँ बजार, प्रसिद्ध धार्मिक आस्थाको केन्द्र नामसालिङमा रहेको माइबेनी धाम, नयाँ बजारको बौद्ध गुम्बा, सिंहदेवी मन्दिर, गोर्खेको शिवालय आदि प्रमुख पर्यटकीय गन्तव्य रहेका छन् । 

 प्याङ को सूर्योदयको दृश्य देखिने टाकुरा, जोगमाईमा रहेको प्राकृतिक खर्क तथा सतही जलभन्डार, ऐतिहासिक व्यापारिक केन्द्र गोर्खे बजार , शिवधाम प्रसिद्ध माई, जोगमाई, मेची नदी तथा नामसालिङ मा रहेको सात तले झरना, काली ओडार, उत्तरे पोखरी, साङछोलिङ गुम्बा, पर्यटकीय स्थल जौबारी तारे भिरमा रहेको सिंहदेवी मन्दिर आदि यस गाउँपालिकाका ऐतिहासिक महत्वका स्थलहरू हुन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button