तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पा : कार्यसम्पादनमा लुङ्ग्री गाउँपालिका प्रथम

रोल्पा । कार्यसम्पादन तथा सुशासन मूल्याङ्कनमा रोल्पाको लुङ्ग्री गाउँपालिका जिल्लाको प्रथम भएको छ भने दशौँ स्थानमा गङ्गादेव गाउँपालिका भएको छ ।

राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्तीय आयोगले गरेको आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन तथा सुशासन मूल्याङ्कनमा रोल्पा जिल्लाको १० वटा स्थानीय तहमध्ये लुङ्ग्री गाउँपालिकाले ४२.८५ अङ्क प्राप्त गरेर प्रथम भएको हो ।

त्यसैगरी रोल्पा नगरपालिका ३९.८९ अङ्क प्राप्त गरेर द्वितीय भयो भने रुन्टीगढी गाउँपालिका ३७.७१ अङ्क प्राप्त गरेर तृतीय भयो । क्रमशः माडी गाउँपालिका ३६.२४ अङ्क प्राप्त गरेर चौथो र परिवर्तन गाउँपालिका ३४.५४ अङ्क प्राप्त गरि पाँचौँ स्थानमा छन् ।

त्यस्तै, सुनिल स्मृति गाउँपालिका ३२.३२ अङ्क प्राप्त गरेर छैटौँ, सुनछहरी गाउँपालिका ३०.९० अङ्क प्राप्त गरेर सातौँ, त्रिवेणी गाउँपालिका ३०.३१ अङ्क प्राप्त गरेर आठौँ, थवाङ गाउँपालिका २४.८५ अङ्क प्राप्त गरेर नवौँ स्थान र गङ्गादेव गाउँपालिका १५.८८ अङ्क प्राप्त गरेर दशौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button