तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महासमिति बैठक : पाँच प्रतिवेदनमाथि समूहगत छलफल सुरु

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा प्रस्तुत गरिएको पाँचवटा प्रतिवेदनमाथि आज समूहगत छलफल सुरु भएको छ । 

ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा हिजो बन्दसत्रमा पेस भएका पाँचवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार समूहमा  छुट्टाछुट्टै छलफल भइरहेको छ । केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धित प्रदेशको समूहगत छलफलमा सहभागी हुनुभएको छ। 

महासमिति बैठकमा काँग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रतिवेदन, अर्थमन्त्री प्रकाशशरण महतको अर्थतन्त्रको वर्तमान अवस्था र चुनौती र श्याम घिमिरेको लेखा प्रतिवेदनमाथि समूहगत रुपमा सुझाव लिइरहेको छ ।

समूहगत छलफलमा एक महासमिति सदस्यले ५ प्रस्तावमाथि ५ मिनेटभित्रै सुझाव दिइसक्न समय व्यवस्थापन गरेको छ। सबै प्रतिवेदनमाथि आज समूहगत छलफल गरी सकेर भोलि प्रतिवेदन पारित गर्दै बैठक समापन गर्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button