तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड दिङलामा

भोजपुर । पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिएसँगै भोजपुरमा जिल्ला स्तरीय प्रतियोगिताको तयारी थालिएको छ । 

१४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन ८ देखि १० गतेसम्म गर्ने गरी तयारी थालिएको आयोजक जिल्ला खेलकुद बिकास समिति भोजपुरका कार्यालय प्रमुख गेल्जेन शेर्पाले जानकारी दिनुभयो । 

विगतका वर्षहरूमा जिल्ला सदरमुकाममा जिल्ला स्तरीय प्रतियोगिता सञ्चालन हँुदै आएको भए पनि यो बर्ष भने उत्तर षडानन्द नगरपालिकाको केन्द्र दिङलामा गर्ने निर्णय गरिएको प्रमुख शेर्पाको भनाई रहेको छ । 

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले षडानन्द नगरपालिकाका प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको थियो । 

प्रतियोगिता सञ्चालनका विषयमा जिल्लाका ९ वटै पालिकाहरूलाई जानकारी गराइसकिएको जिल्ला खेलकुद बिकास समिति भोजपुरले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button