तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रीय समिति बैठक : प्रदेश इन्चार्जहरूको रिपोर्टिङ शुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूको रिपोर्टिङ शुरु भएको छ ।

काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा आजदेखि सुरु भएको बैठकमा चार महिने अभियानको समीक्षात्मक रिपोर्टिङका क्रममा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुनले चार महिने अभियानको समीक्षात्मक रिपोर्टिङ गर्दै काठमाडौँ उपत्यकामा भएका समग्र कार्यक्रम र त्यसपछिको साङ्गठनिक अवस्थाबारे जानकारी गराउनुभएको छ ।

बैठकमा सातै प्रदेशका इन्चार्जहरूको रिपोर्टिङ सकिएपछि अन्त्यमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भनाइ राख्नुहुने कार्यसूची रहेको छ ।

भोलीसम्म चल्ने बैठकमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा कार्य विभाजन गर्ने तयारी छ ।

केन्द्रीय समिति बैठक लगत्तै माओवादी केन्द्रले फागुन १ देखि ३ गतेसम्म प्रज्ञा भवन कमलादीमा विधान अधिवेशन बोलाएको छ ।

हिजो शनिबार सकिएको स्थायी समिति बैठकले अध्यक्ष प्रचण्डले मस्यौदा समायोजन गर्ने र पदाधिकारी बैठकले अन्तिम रूप दिने म्यान्डेट दिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button