तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममा आजदेखि साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव

जनकपुरधाम । जनकपुरधाममा आजदेखि साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव शुरु भएको छ ।

आजदेखि शुरु भएको पाँच दिवसीय जनकपुर साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सवका अवसरमा शोभा यात्रा निकालिएको छ । 

जनकपुरधामको बाह्र विघा रंगभूमि मैदानबाट निस्केको झाँकीसहितको शोभा यात्रामा मिथिलाको कला संस्कृति, भोषभूषा, जातीय पहिचान, पहिरन तथा धार्मिक तथा सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिएको छ ।

मधेश प्रदेशको मधेस सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय र मैथिली विकास कोषको आयोजना र जनकपुरधाम उपमहानगरपालिकाको सह आयोजनामा शुरु भएको महोत्सवका अवसरमा निकालिएको झाँकीसहितको शोभा यात्रामा विद्यालयका बालबालिकाहरूको पनि ठूलो सङ्ख्यामा सहभागिता रहेको थियो । 

जनकपुरधामको महेन्द्र नारायण मिथिला संस्कृति केन्द्रमा आजबाट शुरु भएको महोत्सव अगामी २२ गतेसम्म विभिन्न शत्रमा पाँच भाषाको नाटक मञ्चन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button