तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर मेयर कप भलिबल : दमकलाई उपाधि

भोजपुर । भोजपुरको स्थानीय टुँडिखेलमा सञ्चालित प्रथम मेयर कप अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि दमक नगरपालिकाले जितेको छ ।

शनिवार भएको फाइनल खेलमा भोजपुरको षडानन्द नगरपालिकालाई तीन सेटमा हराउँदै दमक नगरपालिकाले जितेको हो । शुक्रवार भएको सेमिफाइनल खेलमा भोजपुरको आमचोक गाउँपालिकालाई हराउँदै दमक नगरपालिका र भोजपुर नगरपालिकालाई पछि पार्दै षडानन्द नगरपालिका फाइनलमा प्रवेश गरेका थिए ।

भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालित प्रतियोगिताबाट विजेता बनेको दमक नगरपालिकाले नगद एक लाख र उपविजेता बनेको षडानन्द नगरपालिकाले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र तथा सेमिफाइनलमा पुगेका दुई टिमले पनि २५–२५ हजार प्राप्त गरे ।

गत माघ १० गतेबाट सञ्चालन भएको अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा भोजपुर नगरपालिका, दमक नगरपालिका, षडानन्द नगरपालिका, आमचोक गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, अरुण गाउँपालिका र साल्पासिलिछो गाउँपालिका गरी आठ वटा टिमले सहभागिता जनाएको आयोजक जिल्ला खेलकुद बिकास समिति भोजपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button