तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभा निर्वाचन: गण्डकी प्रदेशबाट महिलामा मनरुपा शर्मा विजयी

कास्की । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा महिला क्लष्टरमा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी हुनुभएको छ । शर्माले एमालेकी सम्झना देवकोटालाई पराजित गर्नु भएको हो । उहाँले ३ हजार ६ सय ६० मत पाउनु भयो  देवकोटाले २ हजार ५ सय ५३ मतभार प्राप्त गर्नु भयो ।

शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए । देवकोटालाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए ।

स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो । निर्वाचन कार्यालय गण्डकीका अनुसार ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक बाँकी २२९ जनाले मतदान गरेका थिए ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button