तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारत व्यापार घाटा कम गर्न उत्पादन तथा उत्पादकत्वमा जोड

सुर्खेत । नेपाल–भारत व्यापार घाटा कम गर्न निर्यातजन्य उत्पादन तथा उत्पादकत्वमा जोड दिनुपर्ने अर्थ विज्ञहरूले बताउनुभएको छ ।

साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरमेन्टले आज सुर्खेतको वीरेन्द्रनगरमा आर्थिक पत्रकारहरूका लागि आयोजना गरेको कार्यशालाका सहभागी अर्थ विज्ञहरूले आयात निर्यातमा भएको असन्तुलनका कारण व्यापार घाटा बढ्दै जाँदा नेपालमा थुप्रै खाले सामाजिक तथा आर्थिक समस्याहरू देखा पर्न थालेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले व्यापार घाटा कम गर्न उच्च मूल्य वस्तुको गुणस्तरीय उत्पादन तथा उत्पादकत्व वृद्धि नभएसम्म आयात निर्यातमा सन्तुलन कायम नहुने जनाउनुभयो ।

कार्यक्रममा साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरमेन्टका अध्यक्ष पोषराज पाण्डेले आन्तरिक गुणस्तरीय उत्पादन तथा उत्पादकत्व वृद्धिसँगै नेपाल–भारतबीच भएका व्यापारिक सन्धि सम्झौताहरूको पुर्नमूल्यांकन गर्नुपर्ने बेला आएको बताउनुभयो ।

साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भायरमेन्टका अर्का अर्थ विज्ञ निलु थापाले भारतसँगको व्यापारिक सम्बन्धमा मात्र आश्रित नभई अब बङ्गलादेश जस्ता सबल सम्भावना बोकेका देशहरूसँग व्यापारका नयाँ आयामहरू खोल्न आवश्यक रहेको औँल्याउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button