तपाईँ सुन्दै हुनुहुन्छः

शीतलहरका कारण विपन्न परिवार अस्तव्यस्त, स्थानीय सरकार मौन

सप्तरी । शीतलहरका कारण एक सातादेखि तराइको जनजीवन अस्तव्यस्त बन्दै गइरहे पनि सम्बन्धित निकाय मौन छन्।

खास गरी सप्तरीका विभिन्न स्थानीय तहका गरिबहरूको जीवन छन्। शीतलहरका कारण कठ्याङ्ग्रिए पनि स्थानीय सरकारका प्रतिनिधि मौन छन्।

‘टोल बस्तीका ठाउँ–ठाउँमा दाउरा बालिदिँदा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पर्दैन थियो’ राजविराज–३ का पूर्व वडाध्यक्ष सुदर्शन सिंहले बताउनुभयो।

राजविराज नगरपालिकाका मेयर इसरत परविणले दुई, चार दिनमा नगरपालिकाले प्रत्येक ठाउँ–ठाउँमा काठको व्यवस्थापन गरी आगो बाल्ने बताउनुभयो । राजविराजका गजेन्द्र चौक, नेता चौक, तेतरी गाछी, राजदेवी चौक, कुनौली, रूपनी मोड सहितका ठाउँमा जाडोले वृद्धवृद्धा, बालबालिका, अशक्त तथा बिरामी मानिस अस्तव्यस्त छन् भने किसानको काम प्रभावित बनेको छ।

कार्यालयमा काम गर्ने कर्मचारीलाई समेत कठिन बनाएको छ । स्कुले बालबालिका अस्तव्यस्त देखिन्छन् । तराईमा बर्सेनि हुने शीतलहर, बाक्लो हुस्सु र बढ्दो चिसोले कठ्याङ्ग्रिएर मान्छे मर्ने गरेको घटना नौलो रहेन तर पनि वर्षेनी धेरैले ज्यान गुमाउन बाध्य छन् ।

हनुमाननगर नगरपालिका, कंचनरूप नगरपालिका, छिन्मस्ता गाउँपालिका, तिरहुत गाउँपालिका, तिलाठीकोईलाडी सहित अन्य स्थान समेतमा जनजीवन प्रभावित भैरहँदा स्थानीय तहबाट कुनै प्रयास नगरिएको जनगुनासो छ । मुसहर बस्तीका साथै, अन्य स्थानमा बसोबास गरेका दलितका साथै कमजोर आयस्रोत भएका विपन्न परिवार समेत प्रभावित भइरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button