तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल र जाजरकोटका सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न

जाजरकोट । रेडियो नेपाल र जाजरकोटका सरोकारवालाबिच जाजरकोट भूकम्प पछिको अवस्था, चुनौती, समाधान र पुनर्निर्माण सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

शनिबार भेरी नगरपालिका ३ स्थित जिल्ला स्वास्थ्य कार्यालयको हलमा रेडियो नेपाल केन्द्रिय प्रसारण काठमाडौँ आयोजनामा ‘स्थलगत बहसमा आधारित रेडियो कार्यक्रम’ सम्पन्न भएको हो ।

कार्यक्रममा जाजरकोट भूकम्पपछि शिक्षा, स्वास्थ्य, खानेपानी, खाद्यका साथै राहत वितरण र अस्थायी टहरा निर्माणमा देखिएका विविध समस्या, चुनौती र समाधान लगायतका मुद्दाहरूमा सरोकारवालासँग खुला बहस राखिएको थियो ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हिरश्चन्द्र शर्मा, भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय पत्रकार, नागरिक समाजका अगुवा, विभिन्न संघ संस्थाका प्रतिनिधि, सरोकारवाला एवम् सुरक्षा निकायहरूको उपस्थिति रहेको थियो ।

रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय सुर्खेतको प्राविधिकसहितको टोलीले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको सहजीकरण जाजरकोटका रेडियोहरू खलङ्गा एफएम र पाइला एफएमले गरेका थिए भने कार्यक्रमको सञ्चालन रेडियो नेपालको प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका वरिष्ठ अधिकृत भानुभक्त खड्काले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button