तपाईँ सुन्दै हुनुहुन्छः

तथ्याङ्क विश्वसनीय र भरपर्दो हुनुपर्छ : मुख्यसचिव अर्याल

काठमाडौँ । मुख्य सचिव बैकुण्ठ अर्यालले तथ्याङ्क विना कुनै पनि नीति निर्माण गर्न नसकिने बताउनुभएको छ 

तथ्याङ्क दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मुख्य सचिव अर्यालले तथ्याङ्ककै आधारमा नीति निमार्ण गर्ने गरिएकोले तथ्याङ्क विश्वसनीय र भरपर्दो हुनुपर्ने बताउनुभयो ।

नेपालमा राष्ट्रिय तथ्याङ्क कार्यालयले सङ्कलन गरेको तथ्याङ्कले आर्थिक क्रियाकलाप कसरी अगाडी बढाउने भन्ने कुरामा सरकारलाई मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको क्षेत्रगत वर्गीकरण प्रतिवेदन प्रस्तुत गर्दै कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले संघीय संरचनामा शहरी र शहरउन्मूख जनसङ्ख्या तुलनात्मकरुपमा असन्तुलित रहेको बताउनुभयो ।

उहाँले हिमालमा बसोबास गर्नेको सङ्ख्या कम हुँदै गएको र तराई र मधेशमा जनसङ्ख्याको चाप बढेको बताउनुभयो ।

कार्यालयले तयार पारेको ग्रामीण तथा शहरी क्षेत्रको क्षेत्रगत वर्गीकरण प्रतिवेदन अनुसार  जनगणना २०६८ र २०७८ को बीचमा शहरी जनसङ्ख्या २२.३१ प्रतिशतबाट बढेर २७.०७ पुगेको छ भने ग्रामीण क्षेत्रमा  पछिल्लो १० वर्षमा ३८.५ प्रतिशतबाट ३३.१९ प्रतिशतमा झरेको छ ।

प्रतिवेदन अनुसार ग्रामीण क्षेत्रबाट शहर उन्मुख र शहरी क्षेत्रमा बसाइसराइले शहरी क्षेत्रको समुचित व्यवस्थापन गर्न कठिन हुने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button