तपाईँ सुन्दै हुनुहुन्छः

गाईघाटमा आगलागी हुँदा करोडौँको क्षेती

उदयपुर। उदयपुरको सदरमुकाम गाईघाटमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । आइतबार साँझ ७:१५ बजेको समयमा राज अटो पार्टस पसलबाट विद्युत् सर्ट भई सुरु भएको आगलागीले पाँच पसलमा पूर्ण क्षेती र ५ पसलमा आंशिक क्षेती हुँदा करिब अढाई करोड बराबरको क्षेती भएको हो।

आइतबार साँझ ७:१५ बजे त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटको टिनको छाना भएको पुरानो भवनमा सञ्चालित राज अटो पार्टस पसलबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो ।

आइतबार भएको आगलागीमा परि राज अटो पार्टस पसल पूर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी ७० लाख बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । तस्तै सोही आगलागीमा परि ईजिकुल इन्जिनियरी सेन्टर पूर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी ८ लाख, राम उद्गार सहनी माछा पसल पूर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी १ लाख ५० हजार, पीडित पान पसल पूर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी ५ लाख, महालक्ष्मी अटो पार्ट्स पूर्ण रुपमा जली नष्ट हुँदा ३० लाख बराबरको क्षेती भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिनु भयो । वहाँका अनुसार शाही होटलमा आंशिक क्षेती हुँदा ५० हजार, किरण होटल १५ हजार, नरसिंह अटो सेन्टर १५ लाख, चाँदनी साइकल पसलमा ६० हजार र कोसेली घरमा २० हजार बराबरको क्षेती पुगेको छ ।

आगोले मोटरसाइकल ग्यारेज तथा दक्षिणतर्फका किराना र पान पसल जलेर नष्ट भएका छन् । आगो नियन्त्रणमा लिन सो क्षेत्रका ७ वटा पसल स्काभेटर लगाएर भत्काइएको थियो । आगलागीबाट ग्यारेजमा मर्मत गर्न राखिएका नयाँ र पुराना गरी कम्तीमा ५० थान मोटरसाइकल तथा मोटर र लेथ मेसिन सहित विभिन्न यन्त्र उपकरणहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, त्रियुगा, चौदण्डीगढी नगरपालिका र रौतामाई गाउँपालिकाको दमकलको सहयोगमा स्थानीयले झण्डै डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button