तपाईँ सुन्दै हुनुहुन्छः

दुष्प्रचारबाट भ्रमित नहुन प्रधानमन्त्री सचिवालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रह गरेको छ ।

केही दिनअघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुष्प्रचार गरिएकोमा पनि सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट झुट्टा प्रचार भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस प्रकारका दुष्प्रचारबाट भ्रमित नहुन सबैमा आग्रह गर्नुभयो ।

कानुन विपरीत एनसेलको शेयर खरिद बिक्री प्रक्रिया अघि बढाउन सक्रिय समूह गैरकानुनी कार्य रोक्न लागिपरेको सरकार विरुद्ध नै झुट्टा प्रचार बाजीमा उत्रिएको भन्दै सल्लाहकार आचार्यले सरकारले एनसेलको अवैध कार्य रोक्ने र गैर कानुनी कार्यमा संलग्नमाथि कडा कानुनी कारबाही गर्ने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button