तपाईँ सुन्दै हुनुहुन्छः

गौमुलका दुर्गम गाउँमा बल्यो बिजुली

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाका दुर्गम गाउँमा बिजुली बलेको छ । दुर्गम गाउँमा उज्यालो अभियान सञ्चालन गरिरहेको कादुरी एग्रिकल्चरल एण्ड एसोसिएसन ब्रिटिस गाेर्खाज् नेपालले गौमुल गाउँपालिकाका दुई वटा वडामा बिजुली सेवा प्रदान गरेको हो । 

कादुरी संस्थाको आर्थिक सहयोग गौमुल गाउँपालिकाको सहजीकरणमा अन्द्राडी लघु जलविद्युत आयोजनाबाट १ सय किलोवाट क्षमताको विद्युत् उत्पादन गरी वडा नं‍. १ र २ का गाउँ बस्तीमा बिजुली बलेको हो ।

दुर्गमका गाउँ बस्तीमा विद्युत् सेवा उपलब्ध भएपछि त्यहाँका स्थानीय निकै उत्साहित भएका छन्।

अँध्यारोमा रहेका नागरिकलाई उज्यालोको पहुँचमा पुर्‍याउने उद्देश्यसहित गौमुल गाउँपालिकाको सहजीकरण तथा कादुरी संस्थाको ८ करोड ८६ लाख र जनश्रमदान ३१ लाख ५० हजारमा विद्युत् निर्माण भएको गौमुल गाउँपालिकाका अध्यक्ष हरि  रोकायाले बताउनु भयो।

अन्द्राडी लद्यु जलविद्युतबाट वडा नम्बर १ को माडी, भित्री खोला, अम्लीस, अन्द्राडी र वडा नम्बर २ को पौदाली, मल्लोगुगून, अजेटोट्की गाउँ गरी करिब ४ सय ८८ घरपरिवार लाभान्वित भएका छन् । सोलार, झरो, टुक्की प्रयोग हुँदै आएको गाउँमा विद्युत् निर्माण भएपछि यतिबेला गाउँ बस्ती झिलिमिली भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button