तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपाल र मधेश प्रदेश सरकारबीच “प्रदेश डायरी” सञ्चालन सम्बन्धि सम्झौता

जनकपुरधाम । प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालय र रेडियो नेपालको मधेश प्रदेशको प्रादेशिक प्रसारण केन्द्रका बीचमा “प्रदेश डायरी” कार्यक्रम सञ्चालन सम्बन्धि सम्झौता आज सम्पन्न भएको छ ।

“प्रदेश डायरी” सम्बन्धी सम्झौतामा गृह, सञ्चार तथा कानून मन्त्रालयका निमित्त उत्तर प्रसाद खरेल र रेडियो नेपालका प्रादेशिक प्रसारण केन्द्र बर्दिबासका कार्यालय प्रमुख रामपुकार राले हस्ताक्षर गर्नुभयो ।

चालु आर्थिक वर्षमा प्रादेशिक प्रसारण केन्द्र बर्दिबासबाट प्रदेश सरकारको सम्पूर्ण गतिविधिहरू आम जनतालाई जानकारी दिने उद्देश्यले हप्ताको प्रत्येक बुधवार र शनिवार ४ः १० देखि ४ः ३० सम्म “प्रदेश डायरी” प्रसारण भइरहेको कार्यालय प्रमुख रामले जानकारी दिनुभयो । कार्यक्रम साउनदेखि नै सञ्चालनमा रहेको कार्यालयले जनाएको छ ।

यस अघि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोग तथा प्रादेशिक प्रसारण केन्द्रको सहकार्यमा कृषि कार्यक्रम सञ्चालन गर्ने सम्बन्धि सम्झौता सम्पन्न भइसकेको छ ।

सम्झौता अनुसार प्रत्येक हप्ताको शनिवार ४ः ३० देखि ५ बजेसम्म कृषि कार्यक्रम साउन देखि नै सञ्चालनमा रहेको रेडियो नेपालको बर्दिबास प्रसारण केन्द्रले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button