तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्ने


काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले आसन्न महासमिति बैठकको तयारीका सन्दर्भमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक दिउँसो १ बजेका लागि आह्वान गर्नुभएको हो ।

कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले भन्नुभयो, “महासमितिको बैठक आयो, तयारी के कसरी भइरहेको छ भन्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । बैठकअघि विभागका प्रमुख र सदस्यलाई पूर्णता दिने तयारी छ, त्यस विषयमा पनि छलफल हुने छ ।”

उहाँका अनुसार कांग्रेसको महासमितिको आगामी पुस १६ देखि १९ गतेसम्म हुने महासमिति बैठकलाई केन्द्रित गरी बैठकमा छलफल हुने छ । महासमिति बैठकमा नीतिगत प्रस्ताव उपसभापति पूर्णबहादुर खड्का, साङ्गठनिक प्रतिवेदन महामन्त्री गगनकुमार थापा र समसामयिक राजनीतिक सन्दर्भको प्रतिवेदन महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुहुने छ । नेता विश्वकर्माका अनुसार आर्थिक प्रतिवदेन कोषाध्यक्ष नियुक्त भए कोषाध्यक्षले नै र नभएमा सभापति देउवाले प्रतिवेदन प्रस्तुत गर्न कसैलाई तोक्नुहुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button