तपाईँ सुन्दै हुनुहुन्छः

प्रजातन्त्र सेनानी शर्माको निधनमा कांग्रेस झापाद्वारा तीन दिन शोक

झापा। नेपाली कांग्रेस झापाका पूर्वजिल्ला सभापति तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा पूर्णानन्द शर्माको निधनमा पार्टीले तीन दिनसम्म शोक मनाउने भएको छ ।

स्व दाहालको निधनप्रति दुःख व्यक्त गर्दै मङ्सिर १२ गते कांग्रेस झापाको जिल्ला कार्यालय बन्द रहने र तीन दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय भएको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागार्इंले बताउनुभयो । कांग्रेस योद्धा शर्माको निधन भएलगत्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा स्वर्गीय शर्माको निवास पुग्नुभएको छ ।

शर्मासहित कांग्रेस झापाका जिल्ला सभापति देउकुमार थेवेलगायत नेता तथा कार्यकर्ताहरु समवेदना दिन शर्माको निवास पुग्नुभएको हो । कांग्रेस झापाका पूर्वसभापतिसमेत रहेका दाहाल त्यागी नेताका रुपमा चिनिनुहुन्छ ।

उहाँले विभिन्न कालखण्डमा पाँच वर्ष जेल, तीन वर्ष निर्वासन, पटकपटक नजरबन्दी, अञ्चल निष्कासन, राजकाजसम्बन्धी मुद्दामा सजाय भोग्नुभएको थियो । शर्माले छ दशकसम्मका शैक्षिक तथा राजनीतिक जीवनका अन्तरवस्तु समेटेर तीन वर्षअघि ‘त्यागको परिणाम’ नामक आत्मवृत्तान्त प्रकाशन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button