तपाईँ सुन्दै हुनुहुन्छः

अर्को शान्तिपूर्ण आन्दोलनको आवश्यकता : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको सार्वभौम सत्ता र स्वाधीनतामाथि प्रहार हुँदा पनि गठबन्धन सरकार मौन रहनु मुलुकका लागि खतरनाक भएको बताउनुभएको छ  । 

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले २०८४ मा हुने आमा निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने दाबी गर्नुभयो । 

वामपन्थी एकताको कुरा चर्चाका लागि मात्रै हुने गरेकाले यस्ता कुरा नगर्न अनुरोध गर्दै  एमाले अध्यक्ष ओलीले एमालेको नीति र नेतृत्वलाई स्वीकार गरे मात्रै वामपन्थी एकता हुनसक्ने विचार व्यक्त गर्नुभयो ।   

बैठकमा एमाले अध्यक्ष ओलीले देश सङ्कटमा पर्दै गएकाले मुलुक बचाउन शान्तिपूर्ण आन्दोलनको आवश्यकता भएको बताउनुहुँदै  लोकमार्ग केन्द्रित सङ्कल्प यात्रापछि अर्को शान्तिपूर्ण आन्दोलन गर्ने छलफल भइरहेको बताउनुभयो ।  

एमाले अध्यक्ष ओलीले भक्तपुरको पार्टी प्यालेसबाट महिलाहरूलाई निकाल्ने काममा युवासंघको संलग्नता नभएको पनि बताउनुभयो ।  

एमालेले यही मङ्सिर १४ गते सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनको एजेन्डाका साथ लोकमार्ग केन्द्रित झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गर्दैछ । 

सङ्कल्प यात्रालगायत समसामयिक विषयमा छलफल गर्न एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button