तपाईँ सुन्दै हुनुहुन्छः

छठ पर्वको तयारी तीव्र सुरु

जनकपुरधाम । मिथिलाञ्चल सहित देशभरि नै नियम निष्ठाका साथ चार दिनसम्म मनाइने छठ पर्वको तयारी जनकपुरधाममा शुरु भएको छ ।

जनकपुरधामको पोखरीहरूमा दशै सकेपछि नै सरसफाई गर्ने काम शुरु भएको छ भने दीपावली सकिएपछि पण्डाल निर्माण शुरु भएको छ । विशेष धुमधामका साथ जनकपुरधाममा छठ पर्व मनाइने चलन रहेको छ ।

जनकपुरधामको गंगासागर, अंगराजसर, धनुषसागर, रत्नसागर, अग्निकुण्ड विशेष सजावट गरिने गरिन्छ । यी पोखरीहरूलाई नयाँ बेहुली झैँ सिँगार्ने चलन रहेको छ ।

त्यसो त छठको तयारी मिथिलामा एक महिना अगाडी देखि नै गर्ने चलन रहेको छ । छठमा अत्यधिक सङ्ख्यामा सामाग्रीहरूको प्रयोग गरिने भएकाले छठ पर्व गर्ने परिवारका सदस्यहरुले एक महिना अघिदेखि नै पूजा सामाग्रीको बन्दोबस्त गर्ने गरेका छन् ।

कार्तिक शुक्लपक्ष चतुर्थी तिथिबाट छठ पर्वको मुख्य विधि शुरु हुने यस पर्वमा बाँसको सामाग्री तथा माटोको भाडा वर्तनहरूको बिक्री एक महिना अगाडी देखि नै शुरु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button