तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पत्रकार महासङ्घ सर्लाहीद्वारा राष्ट्रिय क्रिकेट खेलाडी झालाई सम्मान

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिकामा नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले राष्ट्रिय क्रिकेटर गुल्सन झालाई अभिनन्दन गरेको छ । 

आज सर्लाहीको मलंगवा नगरपालिका  निवासी झा लाई नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्क बहादुर क्षेत्रीले अभिनन्दन प्रमाणपत्र हस्तान्तरण गरेर सम्मान गर्नुभएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टिममा अलराउण्डर झाले देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन योगदान गर्नु भएकोले अभिनन्दन गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका सचिव सुनिल ठाकुरले जनाउनु भएको छ । 

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले सर्लाहीमा एउटा राम्रो स्टेडिएमको आवश्यकता भएको हुँदा सर्लाहीका २० वटै पालिका मिनी स्टेडियम बनाउनको निम्ति पहल गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल कुमार सिंहले क्रिकेट खेल प्रति युवाहरूको आकर्षण बढेको छ । अन्य खेलको तुलनामा क्रिकेट खेलमा राज्यको लगानी बढी हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला, भैरवी गण दलका प्रमुख सूर्य बहादुर कार्की, नेपाल प्रहरी सर्लाही प्रमुख प्रवीण धिताल लगायत विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button