तपाईँ सुन्दै हुनुहुन्छः

झडपमा परी सेनामा कार्यरत एकजना गम्भीर घाइते, तीन जना पक्राउ

नेपालगञ्ज । बाँकेमा झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

झडपमा परी नेपाली सेनामा कार्यरत रही बिदामा घर आउनुभएका राप्तीसोनारी ९ का विष्णु खत्री गम्भीर घाइते हुनुभएको छ । उहाँको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । खत्रीको टाउकोमा गहिरो चोट लागेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ मा गएराती युवाहरूबीच झडप भएको प्रहरीले जनाएको छ ।

खत्रीलाई कुटपिट गर्ने राप्तीसोनारी ९ कै १८ बर्षीय मनोज खत्री, २४ बर्षीय जीवन खत्री र २५ बर्षीय केशव पुनलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button