तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा भूकम्पका घाइते ४९ पुगे, एक जनाको अवस्था गम्भीर

नेपालगन्ज । जाजरकोट भूकम्पमा घाइते भएका ४९ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । पछिल्लो १२ घण्टामा तीन जना घाइते थपिएका छन् ।  हालसम्म ५३ जना भर्ना भएकोमा एक जनाको मृत्यु भएको छ भने ३ जना डिष्चार्ज भएका छन् ।

एक जनाको आइसियुमा उपचार भइरहेको जिल्ला आपतकालीन कार्यालय सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । पहिले सिकिस्त भए पनि हाल सुधारोन्मुख घाइतेको सङ्ख्या तीन र सामान्य सुधारोन्मुख घाइतेको सङ्ख्या ४५ रहेको श्रेष्ठले जानकारी दिनुभयो । एक जनाको अवस्था भने गम्भीर छ  । पछिल्लो १२ घण्टाभित्र तीन जना घाइते भेरी अस्पतालमा थपिँदा तीन जना उपचारपछि घर फर्किएको अस्पतालले जानकारी दिएको छ ।

आज बिहानसम्म भेरीमा ३६ महिला र २३ जना पुरुषको उपचार भइरहेको छ । यी मध्ये जाजरकोटका ३३, रुकुम पश्चिमका १४, बाँकेका दुई र सल्यानका एक जना छन् ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button