तपाईँ सुन्दै हुनुहुन्छः

अर्को सरकार गठनका लागि तत्काल उपयुक्त विकल्प देखिँदैन : अध्यक्ष ओली

विराटनगर I नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारलाई हटाएर अर्को सरकार बनाउने उपयुक्त विकल्प समेत आफूले नदेखेको बताउनुभएको छ ।

तर उहाँले मुलुकको अहिलेको अवस्थाप्रति नेपाली काँग्रेस गम्भीर नभएको आरोप लगाउनुभयो । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरागर्दै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले   देश र जनताप्रति सोच्ने फुर्सद  समेत काँग्रेसलाई नभएको बताउनुभयो । अध्यक्ष ओलीले काँग्रेसलाई जिम्मेवार बन्न  आग्रह गर्नुभयो ।

 गठबन्धन सरकारले राम्रो कामगर्न नसकेको आरोप लगाउँदै अध्यक्ष ओलीले यो सरकारले नेपाली जनता र राष्ट्रलाई केही दिन  नसकेको बताउनुभयो ।

अध्यक्ष ओलीले कोशी प्रदेश सरकार गठनका विषयमा मुलुकमा राजनीतिक स्थायित्वका लागि मध्यावधिमा  जानु उपयुक्त नहुने बताउनुभयो ।

 उहाँले कोशी प्रदेशलाई मध्यावधितर्फ धकेल्नु बुद्धिमत्ता होइन भन्नुहुँदै यदाकदा कोशी प्रदेश  मध्यावधिमा गइहाले पनि आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गर्नुभयो । एक प्रश्नमा  उहाँले अहिले भइरहेको नेकपा एमालेको प्रदेश अधिवेशनमा आफूले कुनै हस्तक्षेप नगरेको बताउनुभयो ।  सहमति नभए निर्वाचनको माध्यमबाट प्रदेश अधिवेशनमा नेतृत्व चयन  भइरहेकाले आफू माथि गलत प्रचार भइरहेको उहाँको भनाई थियो ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button