तपाईँ सुन्दै हुनुहुन्छः

खाद्य डिपो कोल्टिमा चामल सकिएपछि कार्यालय नै बन्द

बाजुरा। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कोल्टी शाखामा चामल सकिएपछि डिपो नै बन्द गरिएको छ ।

डिपोमा रहेको मौज्दात चामल सकिएपछि हिजो एक सूचना जारी गर्दै डिपोले चामल सकिएको जनाएको हो । गत आर्थिक वर्ष २०७९/८० को मौज्दात रहेको करिब १५ सय ५२ क्विन्टल चामल बिक्री वितरण गरि सकिएको र यो आर्थिक वर्षको ढुवानी नहुँदा सम्मका लागि डिपो नै बन्द गरिएको कोल्टी शाखाका प्रमुख भीम बहादुर बुढाले बताउनु भयो।

यो आर्थिक वर्षमा आउने चामलको टेण्डर आह्वान भई स्वीकृतको प्रक्रियामा रहेकाले ढुवानीमा ढिलाइ भएको डिपो कार्यालयले जनाएको छ । दसैँ तिहार नजिकिए सँगै चामल सकिएपछि कोल्टी क्षेत्रमा खाद्य संकट हुने देखिएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीको मार्तडी शाखामा भने प्रति किलो ९२ रुपैयाँका दरले जिरा मसिनो चामल बिक्री वितरण भइरहेको छ । हिमालीको कवाडी अस्थायी डिपो र स्वामिकार्तिक खापर गाउँपालिकाको मुक्तिकोट अस्थायी बिक्री केन्द्रमा पनि चामल अभाव भएको लामो समय सम्म ढुवानी हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button