तपाईँ सुन्दै हुनुहुन्छः

बरहथवा नगरपालिका साक्षर पालिका बन्ने

Exif_JPEG_420

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका साक्षर पालिका बन्ने भएको छ । बरहथवा नगरपालिकालाई साक्षर बनाउन आज निरक्षर व्यक्तिको विवरण सङ्कलन तथा रणनीति तयार गर्न विभिन्न व्यक्तिको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम  गरिएको छ ।

यसै गरि बरहथवा नगरपालिकालाई साक्षर बनाउन साक्षर बरहथवा अभियान कार्यतालिका पनि सार्वजनिक गरिएको छ।

कार्यतालिका अनुसार असोज ७ गते  निरक्षर व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गर्ने,  असोज १२ गते निरक्षर व्यक्तिहरूको तथ्याङ्क कम्प्युटरमा  प्रविष्ट गर्ने, असोज १४ गते कक्षा सञ्चालन गर्न रणनीति तयार हुने, असोज १८ गते देखि मङ्सिर १८ गते सम्ममा साक्षरता विस्तार गर्न २ महिने कार्यक्रम सञ्चालन गर्ने, मङ्सिर १९ र २० गते प्रमाणीकरण,  मङ्सिर २१ तथा २२ गते साक्षर पालिका घोषणा गर्ने कार्यतालिका सार्वजनिक भएको बाल विकास नेपालका अध्यक्ष वीरेन्द्र रायले जानकारी दिए ।

बाल विकास नेपालको सहजीकरण तथा बरहथवा नगरपालिकाको आयोजनामा गरिएको कार्यक्रममा बरहथवा नगरपालिका साक्षर पालिका बनाउन साक्षरता सिकाइको ढाँचा, सिकाई विधि लगायतका विषयमा छलफल गरिको थियो ।

सहजकर्ता प्रमोद मण्डलले नेपाललाई साक्षर बनाउन अर्बौँ रुपैयाँ खर्ची सकेको छ तर पनि साक्षर घोषणा गर्न नसकेको बताए । मण्डलले सर्लाही जिल्लामा सघन कक्षा चाहिने भएको हुँदा यस विषयमा गम्भीर हुन सबैलाई आग्रह गरे।

प्रतिक्रिया राख्नुहोस्

Back to top button