तपाईँ सुन्दै हुनुहुन्छः

गीत सङ्गीत समाजको बेथिति उजागर गर्ने ऐना : उप–सभामुख राना 

काठमाडौं । उप–सभामुख इन्दिरा रानाले गीत सङ्गीत समाजको विकृति, विसङ्गति र बेतिथिको उजागर गर्ने ऐना भएको बताउनु भएको छ । 

स्वर्गीय कल्पना स्मृति फाउण्डेशनको सहयोगार्थ विशाल मुभिज प्रा.लि अनामनगरद्वारा आयोजित विशाल राष्ट्रिय तीज म्युजिक अवार्ड २०८० को फाइनल कार्यक्रममा बोल्नु हुँदै उपसभामुख रानामगरले गीत सङ्गीतले समाजको बोली बोल्ने भएकाले ऐनाको रुपमा लिइने बताउनु भयो । 

तीज संस्कृति जोगाउन विशाल मुभिजले गरेको कार्य सराहनीय रहेको भन्दै आगामी दिनमा राज्यले पनि यस्ता खाले कार्यलाई सघाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

उहाँले पुराना कलाकारलाई सम्मान गर्ने कार्य राष्ट्रको भएपनि कार्यक्रममा पुराना कलाकार सम्मानित हुनु खुसीको कुरा भएको बताउनु भयो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा संसद्को अर्थ समिति सदस्य नारायण प्रसाद आर्चायले पछिल्लो समयमा मौलिक संस्कृति लोप भइरहेको अवस्थामा त्यसको जगेर्ना गर्ने दायित्व हामी सबैको भएको बताउँदै विशाल मुभिजको मौलिक तीज कार्यक्रम प्रशंसनीय रहेको  बताउनुभयो । 

उहाँले पछिल्लो समयमा गीत सङ्गीतमा विकृति विसङ्गति देखिएको पनि  बताउनु भयो । 

कार्यक्रममा तीज गीत विधासँग सम्बन्धित २२ विधाका ५२ जना कलाकर्मीहरूलाई अवार्ड प्रदान गरिएको थियो । 

कार्यक्रममा वरिष्ठ लोक गायिकाहरू  लक्ष्मी न्यौपाने, शर्मिला गुरुङलाई दशक गायिकाको रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रम विशाल मुभिजका अध्यक्ष कलाकार हुम गैरेको अध्यक्षतामा सम्पन्न भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button