तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदी नियन्त्रण कार्यालय तत्काल स्थानान्तरण हुँदैन : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले महाकाली नदी नियन्त्रण कार्यालय तत्काल स्थानान्तरण गर्ने सोचमा सरकार नरहेको बताउनुभएको छ । 

उहाँले सरकार सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी र डडेल्धुरा जिल्लाका विभिन्न नदी नियन्त्रणका लागि गम्भीर र दत्तचित्त भएर लागि परेको बताउनुभयो । 

file photo

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राख्नुभएको जिज्ञासाको जवाफमा मन्त्री बस्नेतले महाकाली नदी नियन्त्रणका लागि भनेर स्थापना गरिएको महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय दार्चुलाबाट नहटाइने स्पष्ट पार्नुभयो । विसं २०७० को असार महिनाको पहिलो साता आएको भीषण बाढीले दार्चुला जिल्लाको नदी तटीय क्षेत्रमा व्यापक जनधनको क्षति भएपछि सरकारले सो आयोजना अगाडि बढाएको थियो ।

सरकारले आर्थिक वर्ष २०७१/७२ मा दार्चुलामा सो आयोजनाको कार्यालय स्थापना गरेको थियो । सो आयोजनाले हालसम्म झण्डै ९० प्रतिशत बराबरको भौतिक प्रगति गरेको छ । स्थानीयवासीले सो आयोजनाको कार्यालय अन्यत्र स्थापना गर्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गरेको सन्दर्भमा सांसद दिलेन्द्रप्रसाद बडूले ऊर्जा मन्त्री बस्नेतसँग जिज्ञासा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button