तपाईँ सुन्दै हुनुहुन्छः

यादवमाथि भएको आक्रमण र ५ वर्षीय बालिकाको निधनबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

file photo

काठमाडौँ । सभामुख देवराज घिमिरेले  ५ वर्षीय बालिका रेजिशा गोपालीको निधन र काँग्रेस सहमहामन्त्री महेन्द्र यादव माथि भएको आक्रमणबारे सदनलाई जानकारी गराउन रुलिङ गर्नुभएको छ 

प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक, शून्य र विशेष समयमा काँग्रेस सहमहामन्त्री यादव माथि भएको आक्रमण र गोपालीको निधनको सत्यतथ्य छानबिन गर्न सांसद्हरुले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । 

बैठकमा घटनाबारे सदनलाई जानकारी गराउन सभामुख घिमिरेले सरकारलाई  निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button