तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभाको बैठक : यादवमाथि भएको आक्रमणको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसद्हरुले नेपाली काँग्रेसका सह महामन्त्री महेन्द्र यादव माथि भएको साङ्घातिक आक्रमण निन्दनीय भएको भन्दै घटनाको  अनुसन्धान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बैठकको शून्य र विशेष समयमा सांसद्हरुले बोलेकै आधारमा कसैमाथि आक्रमण गर्ने कुरा निन्दनीय भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद्हरुले समाजमा अराजक गतिविधि गर्ने र  व्यवस्था प्रति नै असन्तुष्टि फैल्याउने प्रवृत्तिलाई निरुत्साहित गर्दै लोकतान्त्रिक प्रणालीको स्थायित्वका लागि सबै दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा  राख्नुभयो । 

यस्तै सांसद्हरुले कान्ति बाल अस्पतालको लापरबाहीका कारण मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं १० की  ५ वर्षीय रेजिशा गोपालीको निधन भएको भन्दै घटनाको सत्य तथ्य छानबिन गरी पीडितलाई उचित राहत र क्षतिपूर्तिको माग गर्नुभयो ।

यस्तै सांसद्हरुले अन्तर्राष्ट्रिय स्तरमा हुने उच्चस्तरीय भ्रमणमा मुलुकको हित र पारवाहनको विषयलाई प्राथमिकता दिनुपर्ने, भवनहरू बनाउँदा मापदण्ड पालना गर्नुपर्ने र भ्रष्ट्राचार नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button