तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक काफ्लेद्वारा राजीनामा

मकवानपुर ।नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनु भएको छ । काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामा समक्ष राजीनामा पेश गर्नु भएको हो ।

लामा निकट मानिएका काफ्लेले सामाजिक सञ्जालमा दलका नेता समक्ष राजीनामा दिएको तस्बिर राख्दै प्रमुख सचेतकको भूमिकाले पार्टी सङ्गठनको काममा समय दिन नसकेको जसको कारण दोलखेली जनसेवामा समय अभाव महसुस भएको उल्लेख गर्नु भएको छ ।

उहाँले कांग्रेस केन्द्रीय सदस्यको रूपमा रहेको र दोलखाको जनताको सेवामा थप समर्पित हुनको लागि प्रमुख सचेतकबाट राजीनामा दिएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button