तपाईँ सुन्दै हुनुहुन्छः

लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन सम्बन्धी अनुगमन गर्न निर्देशन

काठमाडौँ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिले लैङ्गिक समानताका लागि संरचना निर्माण गर्न, लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन सम्बन्धी अनुगमन मूल्याङ्कन गर्न निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा समितिका सभापति प्रकाश पन्थले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय महिला आयोग र राष्ट्रिय योजना आयोगलाई एक-अर्काबिच समन्वय गरी लैङ्गिक समानताका विषयमा अध्ययन र निरन्तर अनुगमन मूल्याङ्कन गर्न निर्देशन दिनुभयो ।

बैठकमा दिगो विकास लक्ष्य अन्तर्गत लैङ्गिक समानता तथा सामाजिक न्याय सम्बन्धमा उपसमिति संयोजक कमला पन्तले अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।

छलफलका क्रममा समितिका सदस्यहरुले लैङ्गिक समानताका लागि महिला केन्द्रित रोजगारी आवश्यक भएको भन्नुहुँदै यसबाट महिलाहरूले हिंसा विरुद्धमा आवाज उठाउन सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button