तपाईँ सुन्दै हुनुहुन्छः

रुसको कुर्स्क क्षेत्रमा ड्रोन आक्रमणमा पाँच जना घाइते

मस्को । युक्रेनी ड्रोनले रुसको कुर्स्क क्षेत्रमा रहेको रेलवे स्टेशनमा आक्रमण गर्दा पाँच जना घाइते भएका छन् । 

कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले आइतबार दिएको जनाकारी अनुसार ड्रोन रेलवे स्टेशनको छतमा ठोक्किएर छतमा आगो लागेको थियो । 

आक्रमणमा स्टेशनको छत, अग्रभाग र प्लेटफर्ममा क्षति पुगेको छ । 

आक्रमणपछि भवनमा रहेका सबै ५० यात्रुहरूलाई तुरुन्तै बाहिर निकालिएको गभर्नरले बताएका छन् ।

अघिल्लो दिन मात्र यस किसिमका  ड्रोन आक्रमणहरू मस्को र रोस्तोभ क्षेत्रमा रुसी सेनाले इलेक्ट्रोनिक प्रविधि प्रयोग गरेर विफल पारेको बताइएको छ।रासस/सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button