तपाईँ सुन्दै हुनुहुन्छः

‘कुनै पनि आवरणमा भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउनुहुन्न’

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि आवरणमा भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउन नहुने बताउनुभएको छ ।

आज भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कुनै पनि हालतमा भ्रष्टाचार र भ्रष्टाचारीले छुट पाउन नहुने बताउनुभयो ।

देश र जनता विभिन्न समस्याबाट पीडित भइरहँदा सरकारले समस्या समाधानका लागि विशेष पहल गर्नुपर्ने लिङ्देनले बताउनुभयो ।

उहाँले सुन काण्ड, नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान चलिरहेको बेला अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूलाई सरुवा गर्न नहुने बताउनुभयो ।

त्यस अवसरमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले सत्तालाई प्राथमिकतामा नराखेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button