तपाईँ सुन्दै हुनुहुन्छः

तीन लाख रुपैयाँको चेकसहित सप्तरीका  दुई कर्मचारी पक्राउ

राजविराज  । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको विष्णुपुर गाउँपालिकाबाट पाँच लाख घुससहित दुई कर्मचारी पक्राउ गरेको छ ।

गाउँपालिकाका अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित,    वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र     लेखनापाल  पक्राउ परेका हुन् ।

सोलार बत्ती जडान लगायतको योजनाको भुक्तानी बापत घुस लिएको आरोपमा उजुरी परेपछि इटहरीस्थित कार्यालयबाट खटिएको अख्तियारको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button