तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको देउरालीमा सडक भासिँयो 

दमौली । पृथ्वीराजमार्गको दमौली-डुम्रे सडकखण्ड अन्तर्गत व्यास १२ देउरालीमा पृथ्वीराजमार्ग भासिएको छ ।

सडक बिस्तारको क्रममा सडकको दुवै तर्फ खनिएको स्थानमा खाल्डो परेको र गएरातीदेखि परेको अविरल वर्षाका कारण राजमार्ग भासिँएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

राजमार्ग भासिँदा सवारी आवागमन एकतर्फी रुपमा मात्र सञ्चालन हुन पुगेको छ । एकतर्फी रुपमा सवारी आवागमन हुँदा राजमार्गमा सवारी साधनहरू रोकिन पुगेका छन् । 

मंगलबार बिहान साढे ११ बजेको समयमा जिल्लाको देउराली स्थित पृथ्वी राजमार्ग सडक खण्ड भासिन गई सडक अवरुद्ध रहेकोमा हाल एकतर्फी मात्र सुचारु रहेको तर ठुला सवारी साधन क्रस हुन नसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button