तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा गत वर्ष ७६० उद्योग दर्ता

जुम्ला । जुम्लामा गत वर्षमा ७ सय ६० उद्योग दर्ता भएका छन् । बितेको आर्थिक वर्ष २०७९/८०मा जुम्लामा उद्योगतर्फ ५ सय ८९ र वाणिज्यतर्फ १ सय ७१ गरी कुल ७ सय ६० वटा उद्योग दर्ता भएका हुन् ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको तथ्याङ्क अनुसार उद्योग दर्तासँगै खारेजी हुने उद्योग सङ्ख्या पनि बढ्दै गएको छ । प्रदेश सरकारले नवीकरणमा राजश्व वृद्धि गर्नु, आर्थिक मन्दी हुनु र अनुदानमा आधारित उद्योग स्वतः बन्द हुने प्रवृत्तिले उद्योग खारेजी बढ्दै गएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका सूचना अधिकारी भगवती शाहीले बताउनुभयो ।

उहाँका अनुसार गत आवमा मात्रै वाणिज्य तर्फ १६ वटा र उद्योग तर्फ २१ वटा गरी कुल ३७ वटा उद्योग खारेज भएका छन् । गत आवमा ७ सय ६० वटा उद्योग दर्ता बापत २५ लाख ३१ हजार ४४३ रुपैयाँ राजश्व सङ्कलन भएको छ ।

बितेको आर्थिक वर्षमा मात्रै ७ सय ६० उद्योग दर्ता भए पनि कार्यालय स्थापनादेखि हालसम्म जुम्लामा उद्योग तथा वाणिज्यतर्फ गरी कुल ७ हजार ३ सय ३७ वटा उद्योग दर्ता भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button