तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा एकजना युवक मृत अवस्थामा फेला

राजबिराज । सप्तरीमा एकजना युवक मृत अवस्थामा फेला परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका – १० इनरुवामा स्थानीय २१ वर्षीय तिर्कनारायण मण्डलको शव आज  शुक्रवार बिहान घर नजिकै  फेला परेको  जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहका अनुसार २१ वर्षीय मण्डलको शव  बिहान घर नजिकै फेला फेला परेको  र अर्का युवक अजय मण्डल  घाइते अवस्थामा फेला परेको जानकारी  दिनुभयो  ।

‘घटनास्थलको प्रकृति हेर्दा युवकको हत्या नै भएको देखिन्छ । अर्का युवक घाइते छन् । घटना कति बेलाको हो त्यो खुल्न सकेको छैन,’ प्रवक्ता सिंहले भन्नूभयो । उहाँका अनुसार स्थानीयले आज बिहान ६ बजेतिर शव देखेपछि प्रहरीलाई  खबर गरेका थिए । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको प्रवक्ता सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button