तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा  ४८ हजार पशुमा लम्की स्किन 

कास्की । गण्डकी प्रदेशमा लम्की स्किन रोगबाट ४८ हजार १ सय ३९ वटा पशु संक्रमित  भएका छन्  । प्रदेशमा अहिले सम्म ६० हजार ६ सय ९९ पशुमा खोप लगाइको  पशुपन्छी मत्स्य विकास निर्देशनालय पोखराले जनाएको छ । प्रदेशका ११ जिल्ला मध्ये मुस्ताङका रोग सङ्क्रमणका कारण मृत्युको प्रतिशत धेरै रहेको प्रदेश कार्यालयले जनाएको छ । सबैभन्दा धेरै  संक्रमण  गोर्खामा १३ हजार ८ सय ३६  पशु सङ्क्रमित रहेका छन् । ३ सय १९ को मृत्यु भएको छ ।  

कास्कीमा १२ हजार २ सय ७८ संक्रमित हुँदा ३ सय ५३ वटा पशुको मृत्यु भइसकेको छ । प्रदेशमा ८ लाख गाई, भैँसी, गोरु र बाछा वाच्छी रहेका छन् । अहिले सम्म  ६१ हजार पशुलाई खोप लगाएको लगाइएको प्रदेश सरकारले खोप खरिदका लागी १ करोड विनियोजन गरेको छ । यस अघि देखिनै प्रदेश सरकारले पूर्ण खोप कार्यक्रम सञ्चालन मध्येबाट समेत रोग संक्रमण नियन्त्रणका लागी कार्यहरू गर्दै आएको जनाएको छ । 

रोगका कारण गाई भैँसीको दूधमा ८० प्रतिशत उत्पादन कमी भएको पशुपन्छी मत्स्य विकास निर्देशनालय पाेखराका प्राविधिक अधिकृत सुरेश कुमार श्रेष्ठले बताउनु भयो ।  श्रेष्ठका अनुसार प्रदेशमा रहेको ठुला फार्महरूमा पूर्व जानकारी गराएका कारण क्षति कम देखिएको बताउनु हुन्छ । उहाँले भन्नु भयो , अहिले गाउँ गाउँमा सामान्य जीवन निर्वाहका लागी पालिएका पशुहरूमा लम्की स्किन रोगको संक्रमण बढ्दो रुपमा रहेको छ ।

कास्की पोखरा महानगरपालिका ३३ भरत पोखरीका शोभाखर भण्डारीको यो रोग सङ्क्रमणबाट १० वटा गाई को मृत्यु भएको वरिष्ठ पशु विकास अधिकृत कास्कीका कार्यालय प्रमुख शम्भु राज पाण्डेले बताउनुभयो । कास्कीमा मात्रै रोगका कारण २ करोड १४ लाख बराबरको क्षति भएको उल्लेख गर्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button