तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेको नेपालगञ्ज डेंगी रोगको उच्च जोखिममा

बाँके । भारतसँग सीमा जोडिएको पश्चिम नेपालको केन्द्रबिन्दु मानिने नेपालगञ्ज उपमहानगरपालिका अहिले डेंगु रोगको उच्च जोखिममा रहेको छ । भारतका विभिन्न सहरमा डेंगुका बिरामी बढ्दै गएको हुँदा भारतबाट नेपाल फर्कनेसँगै डेंगु पनि भित्रिने आशङ्का बढेकाले नेपालगन्ज सहर रोगको उच्च जोखिममा पुगेको हो ।

भारत लगायत नेपालकै विभिन्न जिल्लामा डेंगुका बिरामी देखिन थालेपछि नेपालगन्ज उपमहानगरपालिकाले उक्त रोगविरुद्धको सचेतना अभियान सञ्चालन गरेको उपमहानगरका उपमेयर कमरुद्दीन राईले बताउनु भएको छ ।

उहाँले डेंगु भित्रिन नदिन तथा नियन्त्रणका लागि तत्काल विभिन्न कदम उठाउन सम्बद्ध सरोकारवाला निकायको पनि गम्भीर ध्यानाकर्षण गराइएको बताउनु भयो । डेङ्गु रोग रोकथाम तथा नियन्त्रणका विषयमा तत्काल कदम उठाउन सम्बद्ध सरोकारवाला निकायको पनि गम्भीर ध्यानाकर्षण गराइएको उहाँले बताउनु भयो।

नेपालगञ्ज उपमहानगर स्वास्थ्य महाशाखाले मलेरिया र डेंगु फैलिन सक्ने सम्भावना रहेकाले नेपाल(भारत नाकामा ज्वरोका बिरामी भेटिएमा परीक्षण गरेर मात्र भित्रिन दिइएको जनाउँदै उपमहानगरमा सचेतनामूलक अभियान पनि चलाइएको जनाएको छ ।

उपमहानगरको स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले अहिलेसम्म कसैलाई पनि डेंगु पुष्टि नभएको जनाउँदै तर सीमापारि र अन्य जिल्लामा देखिएकाले उच्च सतर्कता अपनाइएको बताउनु  भयो।

उहाँले एक जनामा मलेरिया देखिएकाले नेपाल(भारत नाकालगायत उपमहानगरका विभिन्न स्वास्थ्य संस्थामा ज्वरोका बिरामीको मलेरिया र डेंगी परीक्षण गर्न थालिएको बताउनुभयो । प्रमुख चन्दले सो रोगको लक्षण र प्रभाव पारे सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि भइरहेको बताउनु भयो।

उता, स्वास्थ्य कार्यालय बाँकेले पनि डेंगु रोग रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसलाई सचेतना जगाउने अभियान शुरु गरिएको जनाएको छ । सो कार्यालयले जिल्लाका उक्त रोगविरुद्ध उच्च सतर्कता अपनाइएको जनाएको छ ।

भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा। राजन पाण्डेले डेंगुको जोखिम रोकथाम र नियन्त्रणका लागि लामखुट्टेका लार्भा नष्ट गर्ने र आम मानिसलाई सचेतना जगाउने अभियानलाई तीव्र पार्नुपर्ने बताउनु भएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button