तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनाग्रस्त ट्रकमा च्यापिएका चालकको साढे चार घण्टापछि उद्धार

बाँके । पूर्व– पश्चिम राजमार्ग अन्तर्गत बाँके र दाङको सिमानामा पर्ने शिवखोलामा खसेको ट्रकका चालकलाई साढे चार घन्टापछि उद्धार गरिएको छ।

मल लिएर भैरहवादेखि नेपालगञ्ज जाँदै गरेको लु १ ख ४६०९ नम्बरको ट्रक बिहान ४स्५० बजे लमही नगरपालिका(९ स्थित पुलबाट शिवखोलामा खसेको थियो।

ट्रक खसेपछि अगाडिको भाग जमिनमा धसिँदा चालक रूपन्देहीको लुम्बिनी संस्कृत नगरपालिका– ६ का ३८ वर्षीय बसन्त लोहनीया सिटमै च्यापिनुभएको थियो ।

ट्रक खोलामा खसेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय अमेलियका प्रहरी निरीक्षक सुरेन्द्र बर्तौलाको टोली बिहान ५ बजे दुर्घटनास्थल पुगेको थियो।

ट्रकका लुम्बिनी संस्कृत नगरपालिका–७ का १८ वर्षीय प्रदीपकुमार लोहनीया भने हाम फालेर बाँचेका थिए।

‘चालक सिटमा च्यापिएको र ट्रकमा भएको मलले अगाडिको भागमा दबाब दिएरहेकाले तत्काल स्काभेटर प्रयोग गर्नु चालकमाथि थप खतरा हुन्थ्यो,’ अमेलियाका इन्सपेक्टर बर्तौलाले भन्नुभयो।

सिटमा च्यापिए पनि चालक बोलिरहनुभएको थियो ।‘ नआत्तिउन् भनेर हामी उहाँग बोलिरहेका थियौं,’ इन्सपेक्टर बर्तौलाले भन्नुभयो।

केहीबेरमा त्यहाँ बाँके र दाङबाट प्रहरीको टोली आइसकेको थियो। नेपाली सेनाको टोली पनि दुर्घटनास्थल पुगिसकेको थियो। प्रहरीले ग्यास कटर, ग्रेन्डर मेसिन, गल र काठ काट्ने आरी जुटायो।
‘पहिला मल हटायौं, ढोका काटेर पहिले ब्याट्री निकाल्यौं। के– के अवरोधहरू थिए क्रमैसँग एउटाएउटा हटाएर बिस्तारै निकाल्यौं।
उहाँको खुट्टा र छातीमा असर गरेको छ। नेपाली सेनाको टोलीले प्राथमिक उपचार गरेर कोहलपुर मेडिकल कलेज पठाइएको इन्सपेक्टर बर्तौलाले जानकारी दिनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button