तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०७९/८० मा ८९.७३ प्रतिशत खर्च 

भैरहवा । लुम्बिनी प्रदेश सरकारले आर्थिक बर्ष ०७९/८० मा ८९/७३ प्रतिशत खर्च गरेको छ । 

१६ अरब ७३ करोड २ लाख ३४ कुल बजेटमा ८१ साल असार मसान्तसम्म जम्मा १५ अरब १ करोड ७२ लाख ७ हजार ५ सय खर्च भएको कोश तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका प्रमुख कोश नियन्त्रक बिष्णु ज्ञवालीले जानकारी दिनुभयो । 

रुपन्देही जिल्लाबाट हामी जम्मा १ सय ४ वटा कार्यालयलाई बजेट दिन्छौँ ज्ञवालीले भन्नुभयो, रुपन्देहीका  १६ वटा स्थानीय तहले ७७ प्रतिशत बजेट खर्च गरेका छन् । हाम्रो कार्यालयको बजेट कार्यान्वयन र वित्तीय अनुशासनको जिम्मेवारी छ । 

प्रमुख कोश तथा लेखा नियन्त्रक बिष्णु ज्ञवालीका अनुसार रुपन्देहीका १६ वटा स्थानीय तहलाई १५ अरब ८ करोड १ लाख १५ हजार बजेट मध्ये ११ अरब ४० करोड ६५ लाख ३६ हजार बजेट खर्च गरेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button